राप्रपा प्रजातान्त्रिकबाट ४ मन्त्री बन्ने, भोलि ११ बजे शपथ

राप्रपा प्रजातान्त्रिकबाट ४ मन्त्री बन्ने, भोलि ११ बजे शपथ


आइतबार बसेको संसदीय दलको वैठकको निर्णयअनुसार राप्रपा प्रजातान्त्रिकबाट चार जना मन्त्री हुने भएका छन्।

राप्रपा प्रजातान्त्रिक संसदीय दलका नेता दीपक बोहोरा विज्ञान तथा प्रविधिमन्त्री, सुनील थापा उद्योगमन्त्री, विक्रम पाण्डे वनमन्त्री बन्ने टुंगो भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन्।

त्यस्तै राप्रपा प्रजातान्त्रिक कै रेशम लामा राज्यमन्त्रीका रुपमा मन्त्रिपरिषद छिर्दैछन्।

सबैको नाम राष्ट्रपति कार्यालय पठाइसकिएको र सोमबार बिहान ११ बजे शपथ कार्यक्रम रहेको परियारले जानकारी दिए।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट फुटेर  राप्रपा प्रजातान्त्रिक बनेपछि पहिलो पटक सरकारमा जान लागेको हो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.