जिल्ला समन्वय समिति सिन्धुलीमा एमालेका बर्मा निर्वाचित


जिल्ला समन्वय समिति सिन्धुलीको अध्यक्षमा नेकपा (एमाले)का शंकरराज तिवारी बर्मा विजयी भएका छन्।

एमाले र नेकपा (माओवादी केन्द्र)को अध्यक्षका साझा उम्मेदवार बर्मा निर्वाचित भएका हुन्।

उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार माओवादी केन्द्रका सम्झना अधिकारी दनुवार निर्वाचित भएका छन् । उनीहरू दुवैले १३/१३ मत प्राप्त गरी विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अध्यक्षका प्रत्याशी नेपाली काँग्रेसका शम्भु राउत र उपाध्यक्षका प्रत्याशी दीपा वैजुले पाँच/पाँच मत मात्र पाएका छन्।

(एमाले)बाट अध्यक्षसहित चार सदस्य र माओवादी केन्द्रबाट उपाध्यक्षसहित पाँच सदस्य निर्वाचित भएका छन् । महिला सदस्यमा एमालेका गंगाकुमारी कार्की, विन्दा परियार र माओवादी केन्द्रबाट भगवतीकुमारी पुलामी विजयी भएका छन् । अन्य सदस्यहरूमा एमालेबाट ऐमान बम्जन, माओवादी केन्द्रबाट अमृत वाइबा र चित्रबहादुर बुढाथोकी निर्वाचित भएका छन् । माओवादी केन्द्रका तेजबहादुर सुनुवार अल्पसंख्यक कोटामा विजयी भएका छन्।

दुई नगरपालिका र सात गाउँपालिकासहित नौवटा स्थानीय तह रहेको सिन्धुलीमा नौवटै स्थानीय तहबाट निर्वाचित प्रमुख तथा उपप्रमुख गरी १८ जनाले मतदान गरेका थिए । निर्वाचित प्रमुख, उपप्रमुख र सदस्यहरूले आजै शपथ ग्रहण गरेका छन् । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.