चितवनमा ६४.१२ प्रतिशत मतदान भएको छ।
जिल्लाको क्षेत्र नम्बर १ मा ६४.२६, २ मा ६३.५९ र ३ मा ६४.४६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ४ लाख ४२ हजार ८२ मतदातामा २ लाख ८३ हजार ४२८ जनाले मतदान गरेका हुन्।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा यहाँ ६७.१४ प्रतिशत मत खसेको थियो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले चितवनमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दियो। सबै केन्द्रबाट मतपेटिका मतगणनास्थलमा ल्याइँदैछ।
चितवन-१ को भुवानीशंकर क्याम्पस खैरहनी, चितवन-२ को प्रदर्शनी केन्द्र, चितवन-३ को कृषि तथा वन विज्ञान विश्वविद्यालयमा मतगणना हुँदैछ।
मतगणना भोलिबाट सुरू गर्ने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।