जनमत पार्टीका अध्यक्ष सिके राउतले अनेकौं शंका, आशंका र सुरक्षा चुनौतीका बाबजुद प्रतिनिधि सभाको निर्वाचन तोकिएको मितिमै सम्पन्न गरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई धन्यवाद दिएका छन्।
असमयमा निकै नै कठिन र प्रतिकूल परिस्थितिमा चुनाव लडेको भन्दै उनले जनमतका उम्मेदवारलाई पनि धन्यवाद दिएका छन्।
‘अनेकौं शंका, आशंका र सुरक्षा चुनौतीका बाबजुद प्रतिनिधि सभाको निर्वाचन तोकिएको मितिमै सम्पन्न गरेकोमा नेपालकी प्रथम महिला प्रधानमन्त्री सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक बधाइ दिन चाहन्छौं। साथै असमयमा निकै नै कठिन र प्रतिकूल परिस्थितिमा समेत एक वीर योद्धासरी पछाडि नहटी निर्वाचन लडेकोमा जनमत पार्टीका सम्पूर्ण उम्मेदवारहरूलाई हृदयदेखि आभार व्यक्त गर्दछु,’ उनले भनेका छन्, ‘अब देशले निकास र सुशासन पाओस् यही हाम्रो अपेक्षा छ।’