नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भूसालले वर्तमान सरकारका कदमहरु सुशासनका विरुद्ध रहेको बताएकी छन्।
जनकपुरमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले सरकार सुशासनका विरुद्ध भ्रष्टाचारजन्य, आफ्ना प्रतिद्वन्दीमाथी प्रतिशोध साँध्ने र जनविरोधी कानूनहरु ल्याउनेतिर लागेको आरोप लगाइन्।
उनले सोही अनुरुप भूमीसम्बन्धी विधेयक ल्याएको बताइन्।
संघियताको कार्यान्वयनका निम्ति बनेको संघीय निजामती ऐनमा राखिएको कुलिङ अफ द पिरियडमाथी छेडखानी गरेर सरकारले अहिले पनि त्यसलाई अगाडि बढाउन ढिलाइ भइरहेको उनले बताइन्।
'संघियताको कार्यन्यवनका निम्ति बनेको संघीय निजामति ऐनमा कुलिङ अफ द पिरियडमाथी छेडखानी गरेर अहिले पनि त्यसलाई ढिलाई गरिरहेको छ । संघियताको अर्को महत्वपूर्ण शिक्षा विद्येयक त्यो अड्काएको अड्काई छ । संविधानको मूल मर्मअनुरुप कानून बनाउने, कार्यन्वयन गर्ने, समावेशी संघिय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेतिर छैन,' उनले भनिन्।
उनले माओवादी पार्टीले विचार र कार्यदिशा मिल्ने सबै दलहरुसँग एकता गर्नको लागि वार्ता गरिरहेको पनि जानकारी दिइन्।
एकीकृत समाजवादी, नेत्रविक्रमचन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, महेन्द्र यावदले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी सबैसँग पार्टी एकताको लागी वार्ता चलिरहेको तर निष्कर्ष आउन बाँकी रहेको उनको भनाइ छ।
यद्यपि एकताको पक्रिया सकरात्मक रहेको उनले बताइन्। –न्युज एजेन्सी नेपाल