रास्वपाले रुपन्देही-३ का लागि उम्मेदवारको आवेदन आह्वान गरेको छ।
सोमबार पार्टीका सचिव भूमिनन्द बरालले सूचना जारी गर्दै रुपन्देही-३ मा कात्तिक १७ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको आवेदन आह्वान गरेका हुन्।
साउन ७ गतेदेखि २१ गतेसम्म पार्टीमा उम्मेदवारीको आवेदन दिन सकिन्छ भने उम्मेदवारको नामावली २२ गते प्रकाशन गर्नेछ।
यस्तै साउनको २३ र २४ गतेसम्म उम्मेदवार उपर दाबी र विरोध गर्न सक्ने छ। साउन २५ गते उम्मेदवारसँग छलफल हुने जनाइएको छ।
हेर्नुहोस् टाइमलाइनः
