नेकपा (एमाले)का स्थायी कमिटी सदस्य कर्ण थापाले पार्टीभित्र गम्भीर बहसको सुरूवात भएको बताएका छन्।
बिहीबार अबेररातसम्म बसेको सचिवालय बैठकमा त्यसको सुरूवात भएको थापाले बताएका छन्।
'लामो समयको बहसबाट पार्टी नेतृत्व र सञ्चालन सम्बन्धि स्थापित लाेकतान्त्रिक मान्यता पालना गर्ने कि व्यक्तिको पदिय आकांक्षा पूरा गर्न तोड्ने गम्भीर बहसको सुरूवात भएको छ, एमालेको सचिवालयको बैठकमा,' सामाजिक सञ्जालमा उनले लेखेका छन्।
सचिवालय बैठकमा अध्यक्ष ओलीको नेतृत्वमा पारित भएका दस्तावेज अगाडि राखेर बहस गर्न पनि उनले आग्रह गरेका छन्।
'आदेशबाट होइन, विधिबाट पार्टी सञ्चालन गर्न अन्तर संघर्षलाई सघन बनाउ । मर्यादा र सिष्टताका सिमालाई सबैले पालना गरौं,' उनले लेखेका छन्।
सचिवालय बैठकपछि शुक्रबार बिहानै महासचिव शंकर पोखरेलले फेसबुकमै स्ट्याटस लेखेर पार्टीमा बिधि निर्माणको अन्त्य भएको दाबी गरेका थिए।
उनलाई काउन्टर दिँदै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विधानको संशोधन (मस्यौदा) माथि गम्भीरताका साथ बहसमा भाग लिन पोलिटब्युरो सदस्यहरूलाई आग्रह गरेर स्ट्याटस लेखेका थिए।
यो पनिः
एमालेमा विधि निर्माणको अन्योल अन्त्य भएको छः शंकर पोखरेल
एमालेमा विधान बहस: महासचिव शंकर पोखरेललाई वरिष्ठ उपाध्यक्ष ईश्वरको 'काउन्टर'
१० घन्टा चलेको सचिवालय बैठकमा केपी ओली र ईश्वर पोखरेलको चर्काचर्की