क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। हाल उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन्।
छातीमा सङ्क्रमण देखिएपछि वैद्यलाई झण्डै एक महिनाअघि अस्पताल भर्ना गरिएको थियो। महासचिव वैद्यकी छोरी चेतनाका अनुसार उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ।
चेतनाले भनिन्, ‘बसुन्धरास्थित विपी स्मृति अस्पताल र टिचिङमा गरी झण्डै एक महिना उपचारपछि उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ।’
वैद्यलाई झण्डै १५ दिन सघन उपचार कक्ष (आइसियू)मा राखेर उपचार गराइएको थियो। हाल उनलाई वार्डमा सारिएको छ।
यो पनि: आइसियूमा पनि लेखेका लेख्यै छन् कम्युनिस्ट नेता मोहन वैद्य