सभामुख देवराज घिमिरेले पाँच प्रमुख दलका मुख्य तथा प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।
संसदको अवरोध खुलाउन प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) तयार भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ल जारी राखेका छन्।
सभामुख घिमिरेले संसदको अवरोध पूर्ण रूपमा हटाउने विषयमा मुख्य तथा प्रमुख सचेतकहरूसँग छलफल गरिरहेको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।
सोमबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्ने तय थियो। आज पनि रास्वपा र राप्रपाले अवरोध जारी राख्ने तयारी गरेपछि सभामुख घिमिरे बानेश्वरमै मुख्य तथा प्रमुख सचेतकसँग छलफलमा बसेका हुन्।
छलफलमा नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौला, कांग्रेसका श्यामकुमार घिमिरे, माओवादी केन्द्रका हितराज पाण्डे, रास्वपाका सन्तोष परियार र राप्रपाबाट ज्ञानेन्द्र शाही सहभागी छन्।
आजको छलफलमा उपसभामुख इन्दिरा राना र कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया पनि सहभागी रहेको अधिकारीले जानकारी दिए।
सभामुख घिमिरेले संसदमा जारी अवरोधबारे सोमबार बिहान पनि रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र प्रमुख सचेतक परियारसँग बालुवाटारमा छलफल गरेका थिए।