सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड' सँग छलफल गरेका छन्।
सदनको गतिरोध अन्त्यका लागि सभामुख र उपसभामुख इन्दिरा राना मगरले प्रतिपक्षी दल नेतासमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल तथा प्रमुख सचेतक हितराज पाण्डेसँग कुराकानी गरेका हुन्।
संसद अवरोध खुलाउने विषयमा सभामुखको कार्यकक्षमा सभामुख र प्रतिपक्षी दलका नेताबीच छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
प्रतिनिधि सभा बैठक आज अपराह्न ३ बजेका लागि बोलाइए पनि अझै बस्न सकेको छैन।
प्रतिपक्षी दलहरू साझा धारणा बनाउन छलफलमा जुटेका छन्।
भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै निरन्तर प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएका छन्।