नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूबीच छलफल भएको छ।
बिहीबार दिउँसो संघीय संसद भवनस्थित शंकर हलमा कांग्रेस र रास्वपा नेताहरूबीच छलफल भएको हो।
छलफलमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक श्यामकुमार घिमिरे सहभागी छन् भने रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी छन्।
रास्वपा सांसदहरूले आफूहरूसँग छलफल नै नगर्ने भनेपछि कांग्रेस उपसभापति खड्काले छलफलको अग्रसरता लिएका थिए।
त्यसपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा नेताहरूसँग छलफल प्रस्ताव लगेका थिए। उक्त प्रस्ताव लैजाँदा रास्वपा कार्यवाहक सभापति डिपी अर्याल पनि थिए। अर्यालले कांग्रेससँग छलफलका लागि उपसभापति वाग्ले र प्रमुख सचेतक परियारलाई जिम्मेवारी दिएका हुन्।
भिजिट भिसा प्रकरणमा रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिरहेको छ। प्रतिपक्षी दलहरूले सदनमा अवरोध गर्दै आइरहेका छन्।
कांग्रेस र रास्वपा नेताहरूबीच पहिलो पटक छलफल भएको हो।-सच्याइएको।