ट्रम्प प्रशासनले त्रुटिपूर्ण ढंगले डिपोर्ट गरेको एकजना आप्रवासीलाई फर्काएको छ।
संघीय अदालत अन्तर्गतको बोस्टन जिल्ला अदालतले त्रुटिपूर्ण ढंगबाट एकजना आप्रवासीलाई सरकाले डिपोर्ट गरेको ठहर गर्दै उनलाई फिर्ता ल्याउन आदेश जारी गरेपछि ट्रम्प प्रशासनले ती आप्रवासीलाई फर्काएको हो।
फर्काइएका ती आप्रवासी ग्वाटेमालाका ओसिजी नाम भएका समलिंगी पुरूष छन्। उनलाई गत फेब्रुअरीमा डिपोर्ट गरी मेक्सिको पठाइएको थियो।
तर त्यहाँ पनि उनी पहिल्यै यौनहिंसा र अपहरणमा परेको उनको पक्षबाट मुद्दा लडेका वकिलले अदालतका बताएका थिए।
समलिंगी भएकै कारण उनलाई ग्वाटेमालामा रहँदा ज्यान मार्ने धम्की आएको थियो। त्यसपछि त्यहाँबाट भागेर उनी मेक्सिको पुगेकी थिइन्। मेक्सिकोमा चरम हिंसाको सामना गर्दै त्यहाँबाट भागेर उनी अमेरिका पुगेकी थिइन्।
फेब्रुअरीमा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएदेखि आप्रवासीविरूद्ध आक्रामक नीति लिएका छन्।
त्यही घानमा ग्वाटेमालाका ती आप्रवासी पनि परेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
निर्वासनमा पठाउनुअघि मेक्सिकोमा सुरक्षित हुन्छन् कि हुँदैनन् भनेर डिपोर्ट गरिने व्यक्तिलाई अध्यागमन अधिकारीहरूले सोध्छन् । निर्वासनमा पठाइने देशमा उनीहरू सुरक्षित रहन्छन् भन्ने सुनिश्चित भएपछि मात्रै डिपोर्ट गर्नुपर्छ।
यसअघि अदालतले नै उनलाई उनको देश ग्वाटेमाला डिपोर्ट गर्नु उनीमाथि खतरा पैदा गराउनु हुनेछ भन्ने आदेश गरेको थियो। पछि अध्यागमन अधिकारीहरूले उनलाई मेक्सिको डिपोर्ट गर्ने बसमा झुक्किएर चढाएका थिए।
न्यायाधीश ब्रायन मर्फीले उनलाई फिर्ता गर्न आदेश गरेपछि प्रशासनले मेक्सिकोबाट अमेरिका फर्काएको हो।
उनलाई बुधबार व्यवसायिक उडानमार्फत अमेरिका ल्याइएको हो। अमेरिका ल्याएर उनलाई एरिजोनाको डिटेन्सन सेन्टरमा राखिएको रोयटर्सले जनाएको छ।
अदालतले त्यसरी त्रुटिपूर्ण ढंगबाट डिपोर्ट गरिएका अन्य आप्रवासीहरूलाई पनि अमेरिका फिर्ता ल्याउन आदेश दिएको छ।
यसअघि मेरिल्याण्डका बासिन्दा किल्मार अब्रेगो गार्सियालाई ट्रम्प प्रशासनले अवैध भनेर एल साल्भाडोर डिपोर्ट गरेको थियो। जबकि उनी बैध ढंगले अमेरिका बस्दै आएका थिए। उनकी श्रीमती अमेरिकी नागरिक नै हुन्। श्रीमतीले अदालतमा रिट हालेपछि अदालतले किल्मारलाई फिर्ता ल्याउन आदेश दिएपनि सरकारले उनलाई फिर्ता ल्याउन चासो देखाएको छैन।
ट्रम्पले १८ औं शताब्दीको विदेशी शत्रु कानुन ब्युँताएर भेनेजुयलाका आप्रवासीहरूलाई एल साल्भाडोरको जेल पठाएका थिए।
कोलम्बियाका जिल्ला अदालतले त्यसरी फिर्ता पठाइएका आप्रवासीहरूलाई वैधानिकता जाँचको मौका दिन ट्रम्प प्रशासनविरूद्ध आदेश गरेको रोयटर्सले जनाएको छ।