सत्तारूढ नेकपा (एमाले) ले सोमबार संसदीय दलको बैठक बोलाएको छ। एमाले संसदीय दल बैठक आज दिउँसो एक बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।
उनका अनुसार आजको बैठकमा समसामयिक विषयमा छलफल हुनेछ।
त्यस्तै संसदमा प्रस्तुत भएको बजेटका सम्बन्धमा छलफल हुने पनि उनले जानकारी दिए।
सरकार जेठ १५ गते बजेट प्रस्तुत गरेको छ। संसदमा मंगलबारबाट त्यसमाथि छलफल हुनेछ।