त्रिभुवन विश्वविद्यालयले उपकुलपति सचिवालय तोडफोडमा संलग्न रहेकाहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको बताएको छ।
त्रिवि रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले विज्ञप्ति निकालेर उपकुलपति सचिवालय तोडफोड गर्ने, पदाधिकारीहरूलाई धम्की तथा आक्रमण गर्न खोज्नेमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाएको उल्लेख गरेको हो।
यो पनि: त्रिविमा गुण्डाराज: परीक्षाको फाराम खुलिसकेपछि विद्यार्थी भर्नाको माग गर्दै तोडफोड
जेठ १४ गते उपकुलपति सचिवालयमा २०-२५ जनाको समूहले तोडफोड गरेका थिए। उनीहरू नेविसंघ आबद्ध विद्यार्थीहरू थिए। स्नातक तहको भर्ना पुन: खोल्न माग गर्दै उनीहरूले तोडफोड गरेका थिए।
तोडफोडमा संलग्नबाटै भौतिक सम्पत्ति हानिनोक्सानी भराउने तयारी त्रिविको छ।
यस्तो छ विज्ञप्ति:
