नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले सेतोपाटीलाई दिएको जानकारीअनुसार सभापति देउवाले सोमबार बिहान ९ बजेका लागि पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका हुन्।
बैठक सभापति देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ।
बैठकमा क्रियाशील सदस्यता नवीकरणका विषय र समसामायिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने एजेन्डा छ।
महामन्त्री गगन थापा संयोजकत्वमा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले असार मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्न मातहत समितिहरूलाई हालै निर्देशन दिएको छ।
क्रियाशील सदस्यताबारे कांग्रेसमा २१ सय उजुरी आएका छन्। ती उजुरी अनुशासन समितिमा परेका हुन्। केही जिल्लामा विवाद हुँदा क्रियाशील सदस्यता नवीकरणका काम प्रभावितसमेत हुने गरेको छ।