जनमत पार्टीका अध्यक्ष रेशम चौधरीले पार्टी एकता गर्ने दिन नै नागरिक उन्मुक्ति पार्टीका संरक्षकलाई पक्राउ गर्नुले ठूलो प्रश्न खडा गरेको बताएका छन्।
बुधबार प्रज्ञा भवनबाटै पक्राउ परेका रेशम चौधरीलाई भेट्न डिल्लीबजार पुगेका राउतले पार्टी एकता गर्नका कार्यक्रम हुन लाग्दा कार्यक्रमस्थलबाटै पक्राउ गरिनुले प्रश्न खडा गरेको बताएका हुन्।
'हामीमाथि कस्तो खालको दमन भयो, यो जनताले हेरिरहेका छन्। एकीकरणकै दिन घटनास्थलबाटै किन पक्राउ गरियो ? यो धेरै ठूलो प्रश्नवाचक चिन्ह रहनेछ,' उनले भने।
राउतले सर्वोच्च अदालतबाट आजै पक्राउ गर्नु भन्नू र प्रहरीले पनि आजै पक्राउ गर्नु शंकास्पद रहेको बताए।
'आज नै पत्र लेखिएको छ, सर्वोच्चबाट । कार्यकर्ताहरु कार्यक्रमका लागि भेला भइसक्नुभएको थियो,' उनले भने।
उनले यस्तो प्रवृत्तिलाई परास्त गर्न भने पनि पार्टी एकीकरण गरेरै छाड्ने बताए।
'हामीले आफ्ना अधिकार माग्नै नहुने, बोल्नै नहुने, पार्टी खोल्नै नहुने, पार्टी एकीकरण गर्नैै नहुने, बलियो बन्नै नहुने भन्ने अलोकतान्त्रिक किसिमको व्यवहार देखियो । यसलाई परास्त गर्न भने पनि पार्टी एकीकरण गरेरै छोड्छौँ,' उनले भने।
सर्वोच्चबाट अनधिकृत रूपमा रेशम चौधरीलाई पक्राउ गरी फैसला कार्यान्वयन गराउनू भन्ने पत्र पुगेपछि बुधबार रेशम चौधरी पक्राउ परेका थिए।
अनधिकृत पत्र लेख्ने सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ परिसकेका छन्।