मेडिकल व्यवसायीसमेत रहेका 'संयुक्त जनआन्दोलन समिति' ले तोकेका 'जनकमान्डर' दुर्गा प्रसाईंको आह्वानमा शुक्रबार दिउँसो काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शन भएको छ।
राजसंस्था पुनर्स्थापनालगायत एजेन्डासहित प्रसाईंको आह्वानमा राजावादीहरूको विभिन्न समूहको समर्थनमा प्रदर्शन भएको हो।
यो पनि: काठमाडौंमा समाजवादी मोर्चाको प्रदर्शन र जनसभा (तस्बिरहरू)
प्रहरीको घेरा तोड्न प्रदर्शनकारीले खोजेपछि प्रहरीले बल प्रयोगसमेत गरेको छ। केही राउण्ड अश्रुग्यास प्रहार गरी प्रहरीले भिड तितरबितर पारेको हो।
प्रसाईंले आह्वान गरेको आन्दोलनमा 'संयुक्त जनआन्दोलन समिति' का संयोजक नवराज सुवेदी, राप्रपा, राप्रपा नेपाल लगायतले पनि समर्थन गरेका छन्।
शुक्रबार नै समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा काठमाडौंको रत्नपार्क-भद्रकाली सडकमा प्रदर्शन र सभा गरेको छ।
तस्बिरहरू:
-ink-1743147865.jpeg)
-ink-1743147865.jpeg)
-ink-1743147863.jpeg)
-ink-1743147863.jpeg)
-ink-1743147862.jpeg)
-ink-1743147862.jpeg)
-ink-1743147860.jpeg)
-ink-1743147860.jpeg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी