हेटौंडा—१२ को वडाध्यक्षको उपनिर्वाचनमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी निर्वाचित भएका छन्।
उनी २ हजार ६३ मत प्राप्त गरेर वडाध्यक्ष निर्वाचित भएका हुन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा यस वडा नेकपा (माअोवादी केन्द्र) निर्वाचित भएको थियो। त्यतिबेला माओवादी केन्द्रका ललितबहादुर घलानले १ हजार ३ सय ७१ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका थिए।
यसपटक हेटौंडा—१२ मा माओवादी केन्द्रका उम्मेदवार रविकुमार प्रधानले १ हजार ५ सय ६० मत प्राप्त गरे। नेकपा (एमाले) का उम्मेदवार राजेश नगरकोटीले १ हजार ३९८ मत ल्याए। राष्ट्रि प्रजातन्त्र पार्टीका प्रेमबहादुर भ्लोनले १७८ र राष्ट्रिय स्वतन्त्र पार्टीका आशावीर बलले ८३ मत ल्याए।
यो सँगै माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिकामा वडाध्यक्षविहीन बनेको छ।
गत निर्वाचनमा एमालेले ९, कांग्रेसले ८, एकीकृत समाजवादी र माओवादी केन्द्रले समान १—१ वटा जितेका थिए।
अहिले माओवादी केन्द्रले हेटौंडा १२ गुमाउँदा वडाअध्यक्षविहीन बन्न पुगेको हो।