नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानुनविपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रियाअनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन्।
उनले कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानुनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनु नै कानुनी शासनको मान्यता रहेको पनि बताएका छन्।
‘कानुनविपरीत कार्य गर्ने सबै जना कानुनी प्रक्रिया अनुसार अनुसन्धानको दायरामा आउनुपर्छ,’ थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सहकारी प्रकरण होस् कि जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस कि टाढाको होस्, नयाँ होस् की पुरानो होस्, भिडको होस् की टाकुराको होस्, एक्लो होस् की शक्तिशाली होस् कानुन सबैको लागि बराबर हुनुपर्छ। गल्ती गर्नेले सजाय भोग्नुपर्छ। सबै कानुनी दायरामा आउनुपर्छ र सबैले आफ्नो भागको कानुनी दायित्व बोक्नुपर्छ।’
सरकार वा प्रतिपक्षमा हुँदा पनि विधिको विषयमा आफू अटल रहेको उनले बताएका छन्।