राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ।
केन्द्रीय समितिको बैठक आगामी असार १९ गते बुधबार पार्टी कार्यालयमा चःमतिमा बस्ने महामन्त्री ढकालले जानकारी दिए।
महामन्त्री ढकालले गत बुधबार पार्टी सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएका थिए।
गत वैशाख १५ गतेको इलाम क्षेत्र नम्बर २ को उपचुनावमा रास्वपाले अनपेक्षित नतिजा ल्याएको भन्दै पार्टीले महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाएको थियो। ढकालले जेठ ६ गतेदेखि असार ५ गतेसम्म ३९ जिल्ला भ्रमण गरेका थिए।
त्यसक्रममा उनले २ हजार ७९ जनाभन्दा बढी नेता—कार्यकर्तासँग संवाद गरेको उनले बताएका छन्।
समीक्षा यात्राका क्रममा पार्टीका नेता—कार्यकर्ता, शुभेच्छुकहरूले पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे राष्ट्रिय पार्टी बन्न पनि मुस्किल हुने बताएको र त्यही आधारमा आफूले प्रतिवेदन बुझाएको महामन्त्री ढकालले बताएका छन्।
यो पनि:
हाम्रो पार्टी विवेकशील बन्ने बाटोमा छ भन्दा म महामन्त्रीबाट घोक्र्याइन सक्छु: मुकुल ढकाल
प्रदेश संरचना खारेज गर्नुपर्छः रास्वपा महामन्त्री ढकाल
रास्वपा महामन्त्रीको प्रतिवेदनः ओली र प्रचण्डसँग भन्दा बालेनसँग मिल्नु ठिक