राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनालले महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको समीक्षा प्रतिवेदनलाई गम्भीरताका साथ अध्ययन गरिने बताएका छन्।
संघीय संसद भवन परिसरमा बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टी कमजोेर भयो कि भन्ने आवाज उठेकाले नै महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाइएको बताए।
यो पनि: हाम्रो पार्टी विवेकशील बन्ने बाटोमा छ भन्दा म महामन्त्रीबाट घोक्र्याइन सक्छु: मुकुल ढकाल
महामन्त्रीलाई पार्टीको अवस्था पत्ता लगाउन नै यात्रामा पठाइएको र प्राप्त प्रतिवेदन गम्भीरतापूर्वक अध्ययन गरेर निष्कर्ष निकालिने खनालले बताए।
‘हामी कमजोर भयौँ कि भन्ने आवाज पार्टीभित्रै पनि उठेको छ। महामन्त्रीले जुन प्रतिवेदन सभापतिलाई बुझाउनुभयो, इलामको निर्वाचनपछि पार्टी सचिवालयले यही कुरा पत्ता लगाउन भनेर उहाँलाई खटाएको थियो,’ उनले भने।
उनले प्रतिवेदन गम्भीरतापूर्वक अध्ययन गरिने बताए।
(न्युज एजेन्सी नेपाल)