कोशी प्रदेश नामकरण विषयमा विवाद हुँदा एक जनाको मृत्यु भएको घटनाको छानविन गर्न समिति गठन भएको छ।
गृह मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको संयोजकत्वमा ६ सदस्यीय छानविन समिति गठन गरिएको सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए।
विराटनगरमा गत आइतबार भएको प्रदर्शनमा संलग्न लाजेहाङ लिम्बु (पदम लिम्बु)को शुक्रबार मृत्यु भएको थियो। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा मृत्यु भएको हो।
यस घटनाको छानविन गरी ७ दिनभित्र पेश गर्न भनिएको छ। उक्त समिति ६ सदस्यीय रहेको प्रवक्ता बस्नेतले बताए।
