नेकपा एकीकृत समाजवादीको समानुपातिकको बन्दसूचीमा उपाध्यक्ष प्रमेश हमाल र उपमहासचिव गंगालाल तुलाधार समावेश भएका छन्।
निर्वाचन आयोगमा सूची पेश गर्न पुगेका तुलाधारले आज उपाध्यक्ष राजेन्द्र पाण्डेलाई निर्वाचन क्षेत्र छोड्नका लागि आफू समानुपातिकतर्फ आएको बताए।
‘राजेन्द्र पाण्डे मभन्दा सिनियन नेता पनि हुनुहुन्छ। हाम्रो एउटै निर्वाच क्षेत्र पनि हो। त्यसकारण म समानुपातिकमा बसेर उहाँलाई निर्वाचन क्षेत्र छोडेँ,’ उनले भने।
तुलाधर, जनजातीतर्फको कलस्टरमा पहिलो नम्बरमा र हमाल खस आर्यतर्फ पहिलो नम्बरमा सिफारिस भएका छन्।
बागमतीका मुख्यमन्त्रीसमेत रहेका समाजवादीका उपाध्यक्ष पाण्डे धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष लड्ने तयारीमा छन्।