निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टीको सुरूको विवरणलाई नै मान्यता दिइएको पत्र प्रचण्ड-माधव र केपी ओली पक्षलाई पठाएको छ।
सोमबार आयोगले ११ पृष्ठ लामो पत्र दुबै समूहलाई पठाएको हो।
पत्रमा एकता महाधिवेशनसम्मको लागि केन्द्रीय कमिटीमा दुई जना अध्यक्ष, दुई जना वरिष्ठ नेता, एक जना महासचिव र एक जना प्रवक्ता रहने तथा ४४१ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था भएबमोजिम ती पदाधिकारी र केन्द्रीय सदस्य यथावत नै रहेको देखिएको उल्लेख छ।
त्यसकारण उक्त दलबाट विभिन्न मितिमा प्राप्त भएका फरक-फरक विवरण राजनीतिक दल सम्बन्धी ऐन २०७३ कव दफा ५१ र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २५ को उपनियम (५) बमोजिम कुनै विवरण परिवर्तन, संशोधन र हेरफेर हुन सक्ने अवस्था नदेखिएको पत्रमा छ।