नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले नेकपा (प्रचण्ड–नेपाल) का अध्यक्ष माधवकुमार नेपालसँग वार्ता गरिरहेको छ ।
खुमलटार पुगेर अर्का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डसँग करिब दुई घण्टा छलफल गरेपछि उक्त टोली वानेश्वस्थित एभरेष्ट होटलमा नेपालसँग छलफल गरिरहेको हो।
यसअघि चिनियाँ टोलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी, बेलुका प्रधानमन्त्री तथा नेकपा (ओली समूह) का अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेट गरेको थियो ।
आइतबार दिउँसो करिब साढे एक बजे चाइना एयरको विशेष विमानबाट काठमाडौं आएको टोलीले भेटघाट तिब्र पारेको हो।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली काठमाडौँ आएको हो ।
चिनियाँ राष्ट्रपति सी जिङपिङको सन्देश लिएर उक्त टोली काठमाडौँ आएको हो ।
टोलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि भेट्ने कार्यक्रम छ ।