साढे १९ हजार मत गन्दा जनार्दन झन्डै १२ मतले अगाडि

साढे १९ हजार मत गन्दा जनार्दन झन्डै १२ मतले अगाडि


विना विभागीय मन्त्री जनार्दन शर्मा (प्रभाकर) आफ्ना प्रतिपर्धी भन्दा झन्डै तेब्बर बढी मत अन्तरले अगाडि रहेका छन्।

३० हजार ३ सय ७७ मत गणना हुँदा नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व गृहमन्त्री शर्मालाई १९ हजार ६ सय ३७ मत प्राप्त भएको रुकुम पश्चिमका मुख्य निर्वाचन अधिकृत कमलमणि देवकोटाले सेतोपाटीलाई जानकारी दिए।

उनका अनुसार शर्माका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसको तर्फवाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गोपाल जी जंग शाहलाई जम्मा ७ हजार ७ सय ९८ मत मात्रै प्राप्त भएको छ । जिल्ला समन्वय समिति मुसिकोटमा जारी मतगणनाको पछिल्लो परिनाम अनुसार मन्त्री शर्मा झन्डै तेब्बर मत अन्तरले अगाडि देखिएका छन् । पुरानो राप्तीको पहाडी जिल्ला रुकुम टुक्रिएर दुईवटा जिल्ला निर्माण भएपछि रुकुम पश्चिम भने प्रदेश नं. ६ मा परेको छ । रुकुम पश्चिममा  कुल ८४ हजार ३२ मतदाता रहेकोमा ५५ हजार ६ सय ४५ मत खसेको मुख्य निर्वाचन अधिकृत देवकोटाले बताए । अब त्यहाँ आधा भन्दापनि कम मत गणना गर्न बाँकी रहेको छ ।  रुकुम पश्चिममा प्रत्यक्ष तर्फको अन्तिम परिनाम शुक्रवार मध्यरात सम्म आइपुग्ने मुख्य निर्वाचन अधिकृत देवकोटाले आँकलन गरे । यहाँ पहिलो चरण अन्तरगत मंसिर १० गते निर्वाचन भएपनि दुईवटा मतदान केन्द्रका मत पेटिमा आगो लागेपछि फेरि मतदान भएको थियो  ।

त्यसैगरी रुकुम पश्चिमको प्रदेशसभा १ मा माओवादी केन्द्रका रातो कामीलाई ९ हजार ६ सय ४ मत प्राप्त हुँदा काँग्रेसका उम्मेदवार कृष्णबहादुर रोकायालाई ४ हजार २ सय ७५ मत प्राप्त भएको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा पनि माओवादी केन्द्रकै अग्रता रहेको छ । माओवादीका गोपाल शर्मालाई ९ हजार १ सय ३३ मत प्राप्त हुँदा नेपाली काँग्रेसका उम्मेदवारलाई ४ हजार ३ सय ६६ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृत देवकोटाले जानकारी दिए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.