शंकर पोख्रेल ७०४ बढी मतले अगाडि

शंकर पोख्रेल ७०४ बढी मतले अगाडि


दाङको निर्वाचन क्षेत्र नं. २ (१)को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शंकर पोख्रेलको सुरूवाती अग्रता देखिएको छ।

२ हजार ९ सय ३६ मत गणना हुँदा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं  प्रदेशसभाका उम्मेदवार पोख्रेललाई १ हजार ६ सय ९७ मत प्राप्त भएको छ ।

बाम गठवन्धनका उम्मेदवार पोख्रेलले सुरुवातमै निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेका उम्मेदवार कमलकिशोर घिमिरेलाई ७ सय ४ मत अन्तरले पछाडि पारेका छन्।

घिमिरेलाई  ९ सय ९३ मत मात्रै प्राप्त भएको छ। १ नं.मा नेकपा मालेलाई हालसम्म ९१ मत, राष्ट्रिय जनमोर्चालाई १७ मत मात्रै प्राप्त भएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.