दाङमा ४१ सय बढी सुरक्षाकर्मी परिचालन

प्रमुख जिल्ला अधिकारी, दाङ


 

मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा अन्तरगतको दोस्रो चरणको निर्वाचनका लागि दाङमा ४ हजार १ सय बढी सुरक्षाकर्मी परिचानल गरिने भएको छ।

गत मंसिर १२ गते दाङको तुलसीपुरमा अज्ञात समुहले फालेको बम विस्फोट हुँदा तुलसीपुर निवासी एकजना म्यादी प्रहरी विनोद चौधरीको मृत्यु भएको थियो भने थप ८ जना घाइते भएका थिए । तर , स्थानीय प्रशासनले त्यस्लाई लुकिछिपी हुने गरेका अपराधिक कार्य भन्दै त्यस्ता घटनालाई निस्तेज पार्ने गरि सुरक्षा प्रवन्ध मिलाइएको बताएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठका अनुसार पोशाकमै त्यति संख्यामा सुरक्षाकर्मी परिचालन हुने र सादा पोशकमा समेत सुरक्षाकर्मी आवश्यकता अनुसार खटिएको बताए । निर्वाचन शान्तिपूर्ण रुपमा होस भन्ने उदेश्यका साथ नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त सुरक्षा टोली खटिएको प्रजिअ श्रेष्ठले बताए । ‘ दाङमा निर्वाचनको लागि ४ हजार १ सय भन्दा बढी सुरक्षाकर्मी खटिसकेका छन् र उनीहरुले आफ्नो एरिया रिजर्भ गरिसकेका छन्,’ प्रजिअ श्रेष्ठले भने।

पब्लिकले देख्ने स्थानमा जनपथ सुरक्षामा रहने भएपनि सशस्त्र प्रहरी र नेपाली सेना भने रिर्जर्भ फोर्सका रुपमा बस्ने उनले बताए । निर्वाचन निष्पक्ष र भएरहित रुपमा सम्पन्न हुने भन्दै उनले ढुक्क भएर मतदान गर्नका लागि जान मतदातालाई आग्रह पनि गरेका छन् । ‘सानोतिनो लुकिछिपी हुने घटनावाट आत्तिनुपर्दैन,’– प्रजिअ श्रेष्ठले भने ‘जिल्लाका सबै निर्वाचन केन्द्र सुरक्षाको कभरेज भन्दा बाहिर छैन ।’ जिल्लामा तुलसीपुर क्षेत्र अलि सम्वेदन क्षेत्रको रुपमा रहेको घटनाक्रमले देखाएको भएपनि सुरक्षा प्रवन्ध राम्रो संग मिलाई सकेको हुँदा निधक्कका साथ मतदानमा सरिक हुन उलने आग्रह गरेका छन् ।

आवश्यकता अनुसार हवाई गस्तिको समेत प्रवन्ध गरिएको जानकारी उनले दिएका छन्। दाङमा कुल ३ सय ९४ मतदान केन्द मध्य प्राविधिक र  भौगोलिक दृष्टिकोणले  ६ वटा मतदान केन्द्रलाई अति संवेदनसिलमा राखेर सुरक्षा प्रवन्ध गरिएको प्रजिअ श्रेष्ठले बताए । पश्चिम दाङको गंगटे, मलाई खोला , सिक्टा लगाएतका स्थानमा जान घन्टौं   हिड्नुपर्नु भएको हुँदा त्यस्ता स्थानमा रहेका मतदान केन्द्रलाई अतिसम्वेदनसिलमा राखिएको उनले बताए।

दाङको निर्वाचन क्षेत्र नं. १ मा १ सय २९ , २ मा १ सय २८ र ३ नं. निर्वाचन क्षेत्रमा १ सय ३७ वटा मतदान केन्द्र रहेका छन् । यसैबीच ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङले मंसिर १२ गते वम विस्फोटमा परि म्यादी प्रहरी विनोद चौधरीको मृत्यु भएको सन्दर्भमा अनुसन्धानका लागि विभिन्न व्यक्तिहरुलाई पक्राउ गरि अनुसन्धान थालेको जानकारी दिएको छ ।

ईप्रका तुलसीपुरका प्रमुख सधिरराज शाहीले झन्डै आधा दर्जन वढी युवाहरुलाई नियन्त्रणमा लिइएको र अहिले केही माथि अनुसन्धान जारी रहेको बताए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.