Setopati साहित्यपाटी
Subscribe Setopati
शनिबार, असोज १८, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

तीन तामाङ लोककथा

प्रस्तुति- रवीन्द्र तामाङ/सोनी तामाङ

भाले किन बास्यो?

सृष्टिकालको कुरा हो।

त्यसबखत स्वर्गमा आगो थिएन। पृथ्वीमा उज्यालो थिएन। त्यसैले भगवानले कुखुराको भालेलाई ‘पृथ्वीमा गएर त्यहाँका मानिससँग आगो मागेर ल्याउनू’ भनेर पठाए। भगवानले भालेलाई पृथ्वीमा रहदाँबस्दा आगो लिएर नफर्कुन्जेल नबास्नू भनेर अह्राएका थिए। भाले पृथ्वीमा उडेर पुग्यो। त्यहाँका मान्छेसँग भेट गर्‍यो र आगो माग्यो।

मान्छेले कुखुरालाई ‘आगो त हामीहरु दिन्छौँ तर तिमीले हामीसँग एक वाचा गर्नुपर्छ’ भने। मान्छेहरुलाई स्वर्गको भाले पृथ्वीमा बास्यो भने उज्यालो हुन्छ भन्ने कुरा थाहा थियो। अनि मान्छेहरुले कुखुरालाई आगो लैजाने हो भने एक पटक जोडले बास्न आग्रह गरे। तर भालेले आफूलाई भगवान्ले पृथ्वीमा नबास्नु भनेकाले बास्न नसक्ने कुरा बतायो।

त्यसपछि मान्छेहरुले भने, ‘त्यसो भए कि आफ्नो वाचा फिर्ता लिनू, कि आगो नलिई स्वर्ग जानु।’

भालेलाई के गरौं कसो गरौं भयो। जेसुकै होस्, स्वर्गमा आगो त लिएरै जान्छु भन्ने सोच बनायो। ठूलो स्वरले बास्न थाल्यो। मानिसहरु दङ्ग परे। पहिलो पटक भाले बास्दा आधा रात बितेको थियो। दोस्रो पटक बास्दा हावाको झोंक्का चलिरहेको थियो। तेस्रो पटक बास्दा पूर्वबाट सूर्य उदायो। चौथो पटक बास्दा पृथ्वी पूरा उज्यालो भयो। पृथ्वीमा मानिसहरुको दिनचर्या सुरु हुन थाल्यो। हरेक काम गर्न मान्छेहरुलाई सरल र सजिलो भयो। यसै घटनाका आधारमा तामाङहरु पृथ्वीमा रातै–रातको सट्टा रात–दिन हुन थालेको हो भनी विश्वास गर्छन्।

वनझाँक्री र युवक

धेरै वर्ष पहिले कुनै गाउँमा एक युवक थियो। ऊ दाउरा काट्न सधैं सबेरै टाढाको जङ्गलमा जान्थ्यो। साँझपख दाउरा लिएर घर फर्कन्थ्यो। एकदिन ऊ वनमा गएर रुख काट्यो, दाउराको भारी बनायो र बोकेर घर फर्कियो।

टन्टलापुर घाम लागेकाले उसलाई पानी खान मन लाग्यो। जङग्लको बीचमा रहेको पहरामा गई उसले पानी खायो। एकछिन थकाइ मा¥यो र त्यहीं भुसुक्कै निदायो। केही समयपछि त्यही बाटो गरी वनमा सिकार खोज्न गएका वनझाँक्रीहरु ढ्याङ्ग्रो बजाउँदै आए। उनीहरुको कद होचो थियो। जीउभरि रौं नै रौंले ढाकिएको थियो। अनि उनीहरुले त्यस युवकलाई बोकी पहराभित्र रहेको सानो प्वालबाट आफ्नो सुनको दरबारमा पु¥याए र एउटा कोठामा बन्द गरी राखे। हातखुट्टामा लामा–लामा नङ्ग्रा र घुँडासम्म लत्रेका स्तन भएकी झाँक्रिनी आफ्ना छोराछोरी समेत उपस्थित भई।

उनीहरुले युवकलाई मार्ने स्थितिमा पुगे।

आपसमा वादविवाद समेत भयो। मार्नु हुँदैन भनी झाँक्रीले बल्लतल्ल मनायो। झाँक्रीले युवकलाई साँझपख सुनको थालमा चामलको भात र गँड्यौलाको तरकारी खान दियो। डर, त्रास र भोकका कारण युवकले सबै खानेकुरा खायो। उसलाई झाँक्रीले सम्झाउँदै भन्यो– ‘हामीले तिमीलाई विद्या र ज्ञान सिकाउन ल्याएका हौं, तिमी नडराऊ, सिकाएपछि सकुशल फर्काउने छौं।’

युवकले त्यस प्रस्तावलाई सहर्ष स्वीकार ग¥यो। झाँक्रीले दिनहुँ एकपछि अर्को गरी ज्ञान दिँदै गयो। युवकले पनि सबै कुरा विश्वासका साथ तनमन दिएर सिक्यो। वनझाँक्रीलाई गुरु मान्दै ढोग्यो। वनझाँक्रीले पनि युवकलाई जुन दिन, समय र स्थानबाट जसरी ल्याएको थियो त्यसै गरी सुनको सियो उपहार दिएर सकुशल फर्कायो। त्यसपछि युवकले आजीवन धेरै रोगीहरुको उपचार गरी प्रसिद्धि कमायो। यसै घटनाका आधारमा आजसम्म पनि तामाङ लगायत अन्य सम्प्रदायमा वनझाँक्री प्रथा कायमै रहेको छ।

देवता र मानिसबीच अंशबन्डा

उहिले पृथ्वीको सृष्टि हुँदा देवताका एघार जनामा एउटी र मान्छेका नौ जनामा एउटी छोरीको जन्म भयो।

मानिसको सृष्टि गर्ने क्रममा देवता र मान्छेबीच विवाह हुन्थ्यो। देवताका सन्तानबाट एउटी छोरी गाङसाल्मो जन्मिइन् भने मान्छेका सन्तानबाट छ्युल नामकी छोरी जन्मिइन्। गाङसाल्मोको मान्छेसँग र छ्युलको देवतासँग विवाह भयो। यिनीहरुबाट नै तामाङ सन्तानहरूको वृद्धि हुँदै गयो। त्यसबेला मानिस र देवताहरु सँगसँगै बस्दथे। मान्छेहरु लोभी र अल्छी थिए। त्यो देखेर देवताहरु आजित भए। त्यसैले देवताले अब आ–आफ्नो परिवार छुट्टिएर बस्ने निर्णय गरे। यो कुरा देवताले मान्छेसँग पनि बसेर छलफल गरे। अलग बस्ने निर्णय भयो।

यसैबीच एउटा सर्त पनि राखियो। जुन दुवैलाई मान्य भयो। बिहान कुखुरा बास्नुअघि जो सूर्यकहाँ पुगेर पर्दा गाड्छ, ऊचाहिँ स्वर्गमा बस्छ, जसले गाड्न सक्दैन्, ऊ पृथ्वीमा बस्नुपर्छ। सर्तअनुसार देवता बिहान सबेरै सूर्यमा पुगेर सुनको पर्दा गाडे। मानिस ढिलो उठेर सूर्यमा नपुगेकाले पर्दा गाड्न सकेन। हार मानेर फर्कने क्रममा देवताले मानिसलाई सोधे, ‘तिमी आइपुगेछौ। मलाई देख्यौ?’

मानिसले भन्यो, ‘देखेँ।’

त्यसपछि देवताले चाँदीको पर्दा गाडेर सोधे, ‘अब देख्यौं?’

मानिसले उत्तर दियो, ‘देखेँ।’ अनि देवताले तामाको पर्दा लगाए र पुनः सोधे। मान्छेले अझै देवतालाई देखेको कुरा बतायो। अनि देवताले कटुसको बिरुवा पर्दा लगाए र मानिसलाई सोधे, ‘के तिमीले अझै पनि मलाई देख्छौ?’

मानिसले उत्तर दियो, ‘अहिले चाहिँ देखिन।’

मान्छेले देवतालाई नदेखेपछि ऊ रुन कराउन लाग्यो। यसरी अल्छी मानिसको अलाप–विलाप देखेर देवतालाई दया लाग्यो। अनि देवताले भने, ‘तिमी नआत्तिऊ। अब हामी देवताहरू तिमी मानिसहरुको संरक्षक हुनेछौं। साथै तिमीहरुले पृथ्वीमा खनीखोस्री गरेर खानुपर्छ। त्यसैले बन्चरो र यो कोदालो पनि लिऊ। वनजङ्गलबाट दाउरा काटेर ल्याऊ। अनि मज्जाले दाउरा बाल। त्यसपछि खरानी हुन्छ। त्यसबाट मल बनाऊ।

कोदालोको प्रयोगले तिमीले पृथ्वी (जमिन) खनजोत गर्न सक्छौ। त्यहाँ तिमीले बीऊ छर्दै जाऊ।

अनि मान्छेले देवतासँग सोध्यो, ‘बीउ कहाँ पाइन्छ त?’

देवताले मान्छेलाई भने, ‘कुखुराको फुटेको अण्डामा तिमीले बीऊ पाउनेछौ। त्यो खोस्रेर खनेको जमिनमा रोप्दै जाऊ। अनि दाउराबाट भएको खरानीको मल त्यसमा हाल। त्यहाँ धान, मकै, जौ, गहुँ उम्रिनेछ। पाकेपछि टिपनटापन गरेर घाममा सुकाई पिँधेर राख्नुपर्छ। त्यसबाट छ्याङ (जाँड) बनाउनु अनि सर्वप्रथम आफ्नो कुलदेवतालाई चढाएर खानुपर्छ है।’

यति भनेर देवता अलप भए। त्यसै बेलादेखि तामाङहरु मानिसको सम्बन्ध देवतासँग टुटेर भूमि देवतासँग गाँसिएको हो भन्दछन्। जसका कारण तामाङहरुले खेतीपाती सुरु गर्नुपूर्व भूमे (ह्युल्सा ल्हा) देवता र खेतीपाती भित्र्याएपछि कुलदेवताको पूजा गर्ने गर्दछन्।

(रत्न पुस्तक भण्डारद्वारा प्रकाशित 'तामाङ लोककथा सँगालो' बाट लिइएको)
प्रकाशित मिति: बुधबार, असार २८, २०७४  १५:४२
सिफारिस
असोज २३ गते जेन-जी युवाहरू फेरि आन्दोलन गर्दै छन्?
असोज २३ गते जेन-जी युवाहरू फेरि आन्दोलन गर्दै छन्?
२५० वटा भन्दा गाडी काठमाडौं फर्काइयो नागढुंगाबाट, यस्तो छ त्यहाँको अवस्था
२५० वटा भन्दा गाडी काठमाडौं फर्काइयो नागढुंगाबाट, यस्तो छ त्यहाँको अवस्था
दुई दिनका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक
दुई दिनका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक
नागढुंगा चेकपोस्टमा ट्राफिकको माइकिङ– धादिङमा पहिरो खसेको छ, गाडी काठमाडौं फर्काउनू
नागढुंगा चेकपोस्टमा ट्राफिकको माइकिङ– धादिङमा पहिरो खसेको छ, गाडी काठमाडौं फर्काउनू
मेरूदण्डमा चोट कसरी लाग्छ, कसरी बच्ने?
मेरूदण्डमा चोट कसरी लाग्छ, कसरी बच्ने?
काठमाडौंकै आकाशमा छ पानी पार्ने बादल, दिनभरि हुनेछ वर्षा
काठमाडौंकै आकाशमा छ पानी पार्ने बादल, दिनभरि हुनेछ वर्षा
राजमार्ग अपडेटः तुइन खोलामा एकतर्फी, जवाङ खोलाको पहिरो पन्छाइयो
राजमार्ग अपडेटः तुइन खोलामा एकतर्फी, जवाङ खोलाको पहिरो पन्छाइयो
यी स्थानमा आज भारीदेखि धेरै भारी वर्षा हुने
यी स्थानमा आज भारीदेखि धेरै भारी वर्षा हुने
'जेन–जी आन्दोलन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानविरूद्ध होइन'
'जेन–जी आन्दोलन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानविरूद्ध होइन'
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

आमा, तिमी देवी हौ
विप्लवी सूर्य
त्यो त्रासदीपूर्ण सपना
आमाले फेरि एक साल दुःख पाउनुभयो!
पपकर्नको जमरा!
दसैँ  आयो तर मनमा खुसी आएन!

विचार

नारायण वाग्ले
प्रधानमन्त्री बलियो बनाउनुको परिणाम! नारायण वाग्ले
चेतनाथ आचार्य
अमेरिकालाई थर्काउने चिनियाँ हतियार! चेतनाथ आचार्य
मुराहरि पराजुली
भदौ २४ को जस्तो विध्वंश मच्चाउन कुनै संगठन वा योजना चाहिन्छ? मुराहरि पराजुली
अमित ढकाल
आफ्नो स्वार्थका लागि 'षड्यन्त्रको थ्योरी' मा घिउ थप्दै तीन शीर्ष नेता अमित ढकाल

ब्लग

शर्मिला ज्ञवाली
अलबिदा दिपु! शर्मिला ज्ञवाली
बासुदेव पोखरेल
जब दसैंको आशीर्वादसँगै सोधिन्छ– बिहे कहिले गर्छस्? बासुदेव पोखरेल
अर्जुन मोहन भट्टराई
त्यो साल छुटेको दसैं! अर्जुन मोहन भट्टराई
पवन पान्डे
थार्पमष्टाका अवतारसँग साक्षात्कार हुँदा... पवन पान्डे

साहित्यपाटी

सन्तोष बोहरा
आमा, तिमी देवी हौ सन्तोष बोहरा
अनिता कोइराला
विप्लवी सूर्य अनिता कोइराला
बिक्रम गुरुङ
त्यो त्रासदीपूर्ण सपना बिक्रम गुरुङ
प्रशान्त वाग्ले ‘प्राकृतिक’
आमाले फेरि एक साल दुःख पाउनुभयो! प्रशान्त वाग्ले ‘प्राकृतिक’

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP