२०५४ को स्थानीय निर्वाचनमा तत्कालीन गढवा गाविसमा अध्यक्षका दाबेदार कांग्रेसका डिल्ली आचार्यले टिकट पाएनन् । उनी आधिकारिक उम्मेदवार घनश्याम चौधरीविरुद्ध ‘बागी’ उठे । चुनावमा चौधरीभन्दा तेब्बर मत ल्याएर आचार्य गाविस अध्यक्ष बने । यसपटक पनि उनी गढवा गाउँपालिकामा पार्टीका तर्फबाट उम्मेदवार बन्न चाहेका थिए। टिकट भने धनश्यामका भाइ श्रीपतले पाए । त्यसैले उनी फेरि बागी उम्मेदवार बनेका छन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
‘टिकट एकै परिवारमा घुमिरह्यो,’ उनले भने, ‘यसविरुद्ध म स्वतन्त्र उम्मेदवार बनेर प्रस्तुत भएको छु ।’ उनले गाउँपालिकाका तीन वडामा आफूनिकटलाई बागी उठाएको बताए ।