प्रधानमन्त्रीमा निर्वाचित भएको १४औँ दिनमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सर्ने तयारी गरेका छन् । रंगरोगनसहितका काम सकिन समय लागेको बताइए पनि साइत हेराउँदा पाँच असारमा उपयुक्त समय मिलेपछि १४ दिनपछि प्रधानमन्त्री देउवा बालुवाटार सर्न लागेका हुन्। यो खबर हामीले आझको नयाँ पत्रिकाबाट लिएका हौ। प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले पाँच असारमा बालुवाटार सर्ने गरी तयारी भइरहेको जानकारी दिए ।
सोमबार बेलुका पाँच बजे बालुवाटार प्रवेश गरिसकेपछि ६ बजेभित्र पूजाआजा गरिसक्ने गरी तालिका तय भएको बुढानिलकण्ठ स्रोत बताउँछ। यसअघिका प्रधानमन्त्रीहरूले बालुवाटार सर्दा गर्ने गरेको जस्तै पूजाको विधि गर्ने तयारी छ । पूजासहित बोकाको बलिसमेत दिने तयारी रहेको प्रधानमन्त्रीनिकट स्रोत बताउँछ ।