भारत र श्रीलंकास्थित अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी तेस्रो मुलुक जादै हुनुहुन्छ भने अब अनिवार्य नो अब्जेक्सन लेटर (स्वीकृती पत्र) लिएर मात्र जानुहोला। साथमा नो अब्जेक्सन लेटर छैन भने भारत र श्रीलंकाका कुनै पनि विमानस्थलले तपाईलाई तेस्रो मुलुकको लागि हवाई यात्राको अनुमति दिने छैनन्। यो खबर अत्युत पुरीले आजको नयाँ पत्रिकामा लेखेका छन्।
वैदेशिक रोजगारी, भ्रमण तथा अध्ययन भिसाका नाममा नेपालस्थित त्रिभुवन विमानस्थलको साटो छिमेकी मुलुकका विमानस्थलको प्रयोग गरी विदेशमा मानव तस्करी बढेपछि अध्यागमन बिभागसहित सरोकारवालाको संयन्त्रले कुटनीतिक पहलमार्फत सम्बन्धित मुलुकलाई कडाई गर्न आग्रह गर्ने निर्णय गरेका हुन्।
अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालका अनुसार यो नयाँ नियम होइन। तर, कार्यान्वयनमा कडाइ गर्न नसक्दा भारत तथा अन्य छिमेकी मुलुकका विमानस्थल प्रयोग गरी ठूलो संख्यामा नेपाली बिदेसिने गरेका छन्। ‘अहिले पनि नो अब्जेक्सन लेटरविना भारतीय
जुन प्रयोजनमा गए पनि स्वीकृतिपत्र अनिवार्य
रोजगारीका लागि खुला नगरेका देशमा भारत तथा अन्य छिमेकी मुलुकका विमानस्थल प्रयोग गरी हुने मानव ओसारपसार रोक्न सरकारले पहल गरिरहेको छ। अवैध रूपमा बाहिरिने नेपालीलाई रोकी मानव ओसारपसार न्यूनीकरण गर्न यो निर्णय लिइएको महानिर्देशक गेलालले बताए। उनका अनुसार अब अध्ययन, भ्रमण या वैदेशिक रोजगारी जुन प्रयोजनमा विदेश जान लागेको भए पनि सरोकारवाला निकायबाट जारी हुने नो अब्जेक्सन लेटर अनिवार्य बोक्नुपर्ने हुन्छ।
विभिन्न बहानामा हुने मानव बेचबिखन न्यूनीकरण गर्न नेपालस्थित सरोकारवाला निकायबीच संयन्त्र विकास गरी प्रभावकारी रूपमा काम गर्ने निर्णयसमेत बैठकले गरेको छ। मुलुकभित्र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र भारतमा अलपत्र परेका नागरिकको यथाशीघ्र उद्धारको व्यवस्था गर्न भारतीय पक्षसँग समन्वय गर्ने निर्णय भएको विभागका महानिर्देशक गेलालले बताए। सूचना आदानप्रदानका लागि भारतसँग समन्वयन गरी मानव तस्करी र बेचबिखनविरुद्ध प्रभावकारी गतिविधि सञ्चालन गर्ने निर्णय भएको अध्यागमन विभागको भनाइ छ