स्थानीय तहमा चुनिएका माओवादी नेताले रुकुममा जनसत्ताका जग्गा पास (लिखित) लाई वैधानिक बनाउन कसरत सुरु गरेका छन्। कानुनले तत्कालीन जनसत्ताको लिखितलाई मान्यता नदिने भने पनि स्थानीय तहमा निर्वाचित माओवादी जनप्रतिनिधिले लिखित पासलाई मान्यता दिलाउन लगत संकलन सुरु गरेको छन्। यो खबर देबेन्द्र बस्नेत र गणेश विकले आजको नागरिकमा लेखेका छन्।
हाललाई रुकुमका बाँफीकोट र सानीभेरी गाउँपालिकाबाट यो काम सुरु गरेको भए पनि यसलाई जिल्लाव्यापी रुपमै महत्वका साथ अघि बढाइने माओवादी केन्द्रले जनाएको छ। यी दुई गाउँपालिकाका नवनिर्वाचित प्रतिनिधिहरूको पहिलो बैठकले जनसत्ताका लिखित ब्यूताउँने निर्णय गरेका हुन्।