प्रहरीको तथ्याङ्क अनुसार लकडाउनको अवधिमा मात्र अहिलेसम्म एक हजार १ सय ५ जनाले आत्महत्या गरेका छन्।
कोभिड–१९ ले श्रृजना गरेको भविष्यको चिन्ता, रोजगारी गुमाउनुको पीडा लगायतका कारणले बढेको डिप्रेसनले आत्महत्या निम्तिएका छन्।
लकडाउनका कारण कतिपय डिप्रेसनका बिरामीहरु चिकित्सक र मनोविद् कहाँ पुग्नबाट बञ्चित भएका छन्। कोभिड–१९ को संक्रमणले समेत मानिसहरुमा त्रास पैदा गरेको छ।
मनोविद् करुणा कुवँरका अनुसार आधारभूत आवश्यकता परिपूर्ती गर्न र परिवारको जिम्मेवारी पूरा गराउन नसक्दा डिप्रेसन बढेको र त्यसले आत्महत्यासम्म पुर्याउने बताउँछिन्।
अछामको बयालपाटा अस्पतालले जागिरबाट निकालेपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका युवकको उपचारको क्रममा मृत्यु भएको छ।
अस्पतालका कर्मचारी मीनबहादुर बोहराका अनुसार सोाबार बिहानै सिद्धार्थ आउजीले आफ्नै शरिरमा आगो लगाएका थिए। उनी अस्पतालका सरसफाई कर्मचारी थिए।
सम्बन्धित समाचार : जागिरबाट निकालेपछि आफ्नै शरीरमा आगो लगाएका युवकको मृत्यु
कुँवरका अनुसार डिप्रेसन बढेको अवस्थामा लकडाउनले उपचारको पहुँच घटाएको छ। जसका कारण आत्महत्यादर बढेको छ। व्यापारको घाटा, पारिवारिक अनिश्चिता, रोजगारी गुम्ने भयले छटपटाहटले तनाव र निराशा बढाएको छ। र अन्त्यमा जीवन त्याग्ने अवस्थामा मानिसहरुलाई पुर्याएको छ।
सेतोपाटीले मनोविद् डाक्टर कुँवरसँग डिप्रेसनको पहिचान गर्ने विषयमा कुराकानी गरेको छ। हेर्नुहोस् भिडिओ -