राधी स्पेयर सार्वजनिक रूपमा बोल्न आत्मविश्वास जगाउने संस्था 'टोस्टमास्टर्स इन्टरनेसनल' की अध्यक्ष हुन्।
अहिले संसारभरका मानिसलाई बोल्न सिकाउने उनी सानोछँदा भने बोल्न खुब डराउँथिन्। बोल्ने काम उनलाई सबभन्दा गाह्रो लाग्थ्यो।
अमेरिकामा बस्ने उनी भारतको बैंगलुरूमा जन्मिएकी हुन्। राधीको एक दिदी टोस्टमास्टर्स थिइन्। उनैले राधीलाई त्यहाँको क्लबमा आबद्ध हुन प्रेरित गरिन्। त्यसयता उनले आफ्नो जीवनमा पछाडि फर्केर हेर्नुपरेको छैन।
अहिले उनले आफ्नो काम र नाम टोस्टमास्टर्सबाटै बनाइसकेकी छन्।
उनै राधीसँग सुमित शर्मा समिरले विभिन्न विषयमा कुराकानी गरेका छन्।
हेर्नुहोस् भिडिओ सेतोपाटीमाः