चितवनमा जारी नेकपा एमालेको दसौं महाधिवेशनको मतदान प्रक्रिया सकिएको छ। सबै उम्मेदवारहरूको मतपरिणाम आइसके पनि औपचारिक घोषणा हुन भने बाँकी छ।
केपी शर्मा ओली फेरि अध्यक्षमा निर्वाचित भएका छन्।
मंगलबार दिउँसो आएको मतपरिणामअनुसार ओलीले अध्यक्षका अर्का उम्मेदवार भीम रावललाई भारी मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन्।
ओलीले १८४० सय मत ल्याएका छन् भने भीम रावलले २२३ सय मत पाएका छन्। एमालेले अहिले औपचारिक रूपमा चयन भएका उम्मेदवारको नाम घोषणा गर्दैछ।
अध्यक्ष ओलीले यसपालि सर्वसम्मत नेतृत्व चयनको प्रयत्न गरेका थिए। बन्दसत्रले नै उनलाई ३०१ केन्द्रीय सदस्यसहित पदाधिकारी चुन्ने सर्वाधिकार दिएको थियो।
त्यहीअनुसार ओलीले सूची पनि बनाएका थिए। तर उनको सूचीमा असहमति जनाउँदै रावलले उम्मेदवारी दिएका थिए।