नेकपा एमालेको सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पराजित भएका छन्।
मंगलबार दिउँसो सार्वजनिक भएको मतपरिणाम अनुसार उनीहरूले अरू सात उम्मेदवारभन्दा कम मत ल्याएकाले सचिवमा पराजित भएका हुन्।
अन्तिम मतपरिणामअनुसार गोकर्ण विष्टले १९७६, योगेश भट्टराईले १९६४ पद्मा अर्यालले १८००, छबिलाल विश्वकर्माले १८००, लेखराज भट्टले १७०४, टोपबहादुर रायामाझीले १७००, रघुवीर महासेठले १५१३, भीमप्रसाद आचार्यले १३०० र टंकप्रसाद कार्कीले ५०० मत पाए।
यस्तै, पदाधिकारीमध्ये उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत पाएर विजयी भएकी छन्। उनले १९७६ मत ल्याएकी छन्।
यस्तै दोस्रोमा सुरेन्द्र पाण्डेले १९२५ सुवास नेम्बाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा बादलले १७६८ मत पाएका छन्। घनश्याम भुसालले जम्मा ७२५ मत पाए।