राजधानीमा जारी नेकपा माओवादी केन्द्रको महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य चयनका लागि हुने निर्वाचन कार्यक्रम पुनः संशोधन गरिएको छ ।
लगातार सहमतिको प्रयास गरे पनि सफल हुन नसकिरहेको बेला निर्वाचन कार्यक्रम पनि संशोधन भएको हो।
संशोधित कार्यतालिका अनुसार आज दिउँसो ४ देखि ६ बजेसम्म उम्मेदवारी दर्ता र मतदानको समय राखिएको छ भने भोलि बिहान ८ देखि दिउँसो १:२५ सम्मको समय तोकिएको छ ।
हिजो पहिलो पटक निर्वाचन कार्यक्रम सार्वजनिक गरेको माओवादीले योसँगै तेस्रो पटक ल्याएको निर्वाचन कार्यक्रम हो यसअघि आइतबार दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता र साँझ साढे ६ बजेदेखि मतदान गर्ने कार्यक्रम राखेको थियो।
यसैबीच सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्ने गरी पार्टीको स्थायी कमिटी बैठक महाधिवेशन स्थल प्रज्ञा भवनमा जारी छ।
माओवादी केन्द्रीय निर्वाचन आयोगले १७५० जना मतदाताको नामावली प्रकाशन गरेको छ। यसअघि १७४२ जनाको प्रकाशित गरेको थियो।