नेकपा माओवादी केन्द्रको जारी ८ औं महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।
माओवादी केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको हो। उम्मेदवारले मनोनयन पत्र दर्ता साँझ ८ देखि १० बजे गर्न सक्नेछन्।
यसअघि निर्वाचन आयोगले १७४२ जना मतदाताको नामावली प्रकाशन गरेको थियो।
उम्मेदवारको मनोनय पत्र दर्ता सूची प्रकाशन १०: ३० बजे गरिनेछ।
यसैगरी उम्मेदवारको विरोधमा भोलि बिहान ८ बजेदेखि ८: ३० सम्म उजुरी दिन सकिनेछ। भोलि बिहान ११ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ।
यसैगरी सहमतिमै केन्द्रीय सदस्य चयन गर्ने प्रयास भइरहेको माओवादीले जनाएको छ।