हो मदन दाइ तिमी नोस्टाल्जिक बन्यौं आज


‘पसलबाट बेची सकेको म मान्छे

आँखाबाट आँसु झरेको म मान्छे’

* * *

यही शब्दको गीत गाएका थियौं नि

हैन र मदन दाइ? हो झर्नु पर्छ आँसु,

हर मान्छेहरुका आँखाहरुबाट

नत्र त मुटु पग्लेर बग्न बेर छैन

हर पीडाहरुसँग मिसिएर

अनि मुटु बिना त जीवन

कहाँ स्थिर रहन्छ र ?

त्यसैले रोऊ तिमी बेस्सरी,

बिगतहरु निचोर्दै,

सम्झनालाई अंगाल्दै।

उनी अब त्यो नभमा गईन्

जँहा अब चन्द्रमा झैं मुस्काएर

तिमीलाई उज्यालो उन्ले छर्ने छिन्

तिम्रा हर अन्धकार प्रहरहरुमा

उनी तिम्रा आँखामा आँसु होईन

मोती सजाउन उद्दत्त भएर गएकी हुन्

धैर्य गर मदन दाइ,

तिमीले नै त भनेका थियौ

‘पसलबाट बेची सकेको म मान्छे’

हो तिमी उनको आत्मासँगै बेचिएर गयौ आज

तर ……..तिमीले त यो सपना उहिल्यै देखेछौ क्यारे!

र’त गीत बनाएर गायौ बिगतमै

अनि फेरि भनेका थियौ

‘आँखाबाट आँसु झरेको म मान्छे।’

हो मदन दाइ आज तिमी नोस्टाल्जिक बन्यौ

त्यो पुरानो गीतलाई साक्षात बनाएर

आँखाबाट साँच्चै बलिन्द्र आँसु झार्दै

झरोस् आँसु बेस्सरी र पखालोस् तिम्रो

चहर्याई रहेको आलो घाउका पीडाहरु

बगोस् तिम्रा बर्साद्का मोतीहरू

र शान्त्वना मिलोस् उन्को आत्मालाई

जो तिम्रो मनमा आँसुको ढिक्का बनेर

बसेकी थिईन् हिजो /अघिसम्म

हो मदन दाइ आज तिमी नोस्टाल्जिक बन्यौ।

हार्दिक श्रद्धान्जली सहित समर्पण भाव।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.