उनीहरू आए


पहिला उनीहरू ‘खस आर्य’ लाई खोज्दै आए,
म बोलिनँ, किनकि म खस आर्य थिइनँ।
त्यसपछि उनीहरू मधेशीलाई खोज्दै आए,
म बोलिनँ, किनकि म मधेशी थिइनँ।
त्यसपछि उनीहरू आदिवासी खोज्दै आए,
म बोलिनँ, किनकि म आदिबासी पनि थिइनँ।
त्यसपछि उनीहरु जनजाति खोज्दै आए,
म बोलिनँ, किनकि म जनजाति पनि त थिइनँ।
अन्त्यमा, उनीहरु मलाई खोज्दै आए,
तबसम्म मेरो पक्षमा बोल्ने कोही बाँकी रहेन।

(जर्मन पास्टर मार्टिन नेइमोलर (१८९२-१९८४) को कालजयी कविता ‘फर्स्ट दे केम..’ को भावमा आधारित )

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.