प्रधानमन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियाको प्रगतिबारे जानकारी लिएकी छन्।
उनले मन्त्रालयका सचिव हरि मैनालीलाई कार्यकक्षमा बोलाएर प्रगतिबारे सोधपुछ गरेकी हुन्।
मैनालीको संयोजकत्वमा गत कात्तिक १४ गते गठन गरिएको छनोट समितिमा क्याप्टेन केबी लिम्बू र मन्त्रालयका सहसचिव सदस्य छन्।
सचिव मैनालीले कार्यविधि तयारी पूरा भएको र आजै समितिको पहिलो बैठक बस्ने जानकारी दिएका छन्।
प्रधानमन्त्री कार्कीले ढिलो नगरी खुला प्रतिस्पर्धाका लागि आवेदन आह्वान गर्न निर्देशन दिएकी छन्।