गुरू ट्राभल्स लिमिटेडले अन्तर्राष्ट्रिय ट्रिपएडभाइजरको ‘ट्राभलर्स च्वाइस अवार्ड २०२५’ पाएको छ।
यो सम्मानले गुरू ट्राभल्सलाई विश्वका शीर्ष १० उत्कृष्ट ट्राभल कम्पनीमध्ये एकको रूपमा मान्यता दिएको हो।
यात्रुको समीक्षा र सन्तुष्टिका आधारमा ट्रिपएडभाइजरले हरेक वर्ष यो पुरस्कार प्रदान गर्ने गर्छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले यो उपलब्धी टोलीको मेहनत र ग्राहकको विश्वासको नतिजा भएको बताए।
उनका अनुसार यसले कम्पनीलाई अझ उत्कृष्ट सेवा दिन प्रेरित बनाएको छ।
कम्पनीले देशभित्र र अन्तर्राष्ट्रिय टुर प्याकेज, हवाई टिकटिङ, होटल बुकिङ, भिसा, सम्मेलन तथा इभेन्ट व्यवस्थापन लगायतका सेवा दिँदै आएको छ।