वायुसेवा सञ्चालक संघले कर्फ्यूका कारण विमानस्थल पुग्न असहज भए हवाई यात्रुले टिकट रद्द वा सार्न पाउने बताएको छ।
संघका अध्यक्ष मनोज कार्कीले मंगलबार बिहानैदेखि कर्फ्यू जारी रहेकाले हवाई यात्रुलाई टिकट रद्द वा सार्न पाइने बताएका हुन्। साथै यात्रुले समयमै यात्रा गर्न नपाएपछि रिफन्ड गर्न चाहेमा पनि त्यो व्यवस्था हुने उनको भनाइ छ।
त्यस्तै विभिन्न वायुसेवा कम्पनीहरूले रिसेड्युल तथा रद्दका लागि सूचना पनि दिइसकेका छन्।
बुद्ध र यति एयरलाइन्सले कर्फूय तथा असहज परिस्थितिका कारण यात्रुको उडान रिसेड्युल गर्नु वा रद्द गर्नु परेमा सम्पर्क गर्न अनुरोध गरेका छन्।