देशभर जेनजी पुस्ता आन्दोलनमा उत्रिएपछि हवाई उडान समेत प्रभावित हुनसक्ने आकलन गरिएको छ।
त्रिभुवन विमानस्थल कार्यालयले अहिलेसम्म भने उडानहरू नियमित सञ्चालन भएको र कुनै पनि उडान स्थगित नगरिएको जानकारी गराएको छ।
‘अहिलेसम्म आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित छन,’ त्रिभुवन विमानस्थल कार्यालयका निर्देशक रेन्जी शेर्पाले भने।
उनले बाटोहरू अवरोध हुन थालेको कारण आन्तरिक उडानहरू प्रभावित हुन सक्ने बताए।
‘यात्रु मात्रै होइन, उडान सदस्यहरू पनि आउनुपर्ने हुन्छ, यस्तो अवस्थामा एयरलाइन्स कम्पनीहरूले सूचना जारी गरेर जानकारी गराउन अनुरोध गरिएको छ, शेर्पाले भने।