गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो सेवा सञ्चालन गर्न विशेष सहुलियत दिइने भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सरकारको बजेट पेश गर्दै यस्तो बताएका हुन्।
यो विमानस्थललाई पर्यटक र वैदेशीक श्रममा जानेहरूको लागि किफायत हुने गरि सञ्चालनमा ल्याइने भएको छ।यस विमानस्थल परिसरका यसको लागि आवश्यक सुविधा प्राप्त हुने गरि व्यवस्थापन गरिने भएको छ।
त्यस्तै, पोखरा अन्तराष्ट्रिय विमानस्थललाई पर्यटकीय हबमा विकास गर्ने समेत सरकारी योजना छ।
यी विमानस्तलबाट अन्तराष्ट्रिय उडान गर्न एयरलायन्सहरूलाई थप प्रोत्साहन दिइने समेत बताइएको छ।