कुनै पनि देशको पर्यटन क्षेत्रमा विमानस्थलपछि महत्त्वपूर्ण पूर्वाधारका रूपमा होटललाई लिइन्छ।
नेपालमा पछिल्लो समय होटल उद्योग आशालाग्दो गरी फैलिरहेको छ। व्यवसायीहरूले होटलमा अर्बौं लगानी थपिरहेका छन्।
नेपालमा पहिलोपटक २०२९ सालमा पाँचतारे होटल सोल्टी स्थापना भएको थियो। त्यसयता करिब ५२ वर्षको इतिहासमा दुई सयभन्दा बढी तारे होटल सञ्चालनमा आएको पर्यटन विभागको तथ्यांक छ।
पछिल्लो समय संघीय राजधानी काठमाडौंमा पनि धमाधम तारे होटलहरू खुलिरहेका छन्। विभिन्न ठाउँमा खुलेका होटलका अग्ला भवनहरू सहरको आकर्षण पनि बन्दै गएका छन्।
हामीले यहाँ काठमाडौंका अग्ला होटलहरू आकाशबाट हेर्दा कस्ता देखिन्छन् भनेर भिडिओ तयार गरेका छौं।
हेर्नुहोस् काठमाडौंका टावर होटलहरू भिडिओमाः