नेपाल वायुसेवा निगमको वाइडबडी जहाज सि–चेक (विस्तृत मर्मत)पछि काठमाडौं आइपुगेको छ।
जहाज सि–चेकका लागि गत भदौमा निगमले इटाली पठाएको थियो।
उक्त जहाज सोमबार बिहान ८ः ५२ मा त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको निगमले जनाएको छ।
यो जहाजसहित अब निगमका चार वटै जहाजले निगमको अन्तर्राष्ट्रिय सेक्टरहरूमा नियमित उडान गर्नेछन्।