चीनको शिशपाङ्मा हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेर काठमाडौं आइपुगेका पर्वतारोहीहरूलाई भव्य स्वागत गरिएको छ।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पर्वतारोहण संघले विशेष समारोह गरी ९ विश्वकीर्तिमानी पर्वतारोहीहरूलाई स्वागत गरेको हो।
विश्वकै सबैभन्दा कान्छो आरोही बन्न सफल भएका १८ वर्षीय निमा रिञ्जी शेर्पा, विश्वका आठ हजारभन्दा अग्ला १४ वटा शिखरहरू चुम्ने पहिलो नेपाली महिला बनेकी दावा याङ्जुम शेर्पा, ८ हजार मिटरभन्दला अग्ला १४ वटा हिमालहरू ५० औं पटक आरोहण गरेका तथा बिना अक्सिजन आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरू छोटो समयमा आरोहण गर्न सफल निर्मल पुर्जा, आठ हजार मिटरभन्दा अग्ला १४ वटा शिखरहरू चुम्ने गुरुङ समुदायबाट पहिलो आरोही बन्न सफल तेजन गुरुङ, सोलुखुम्बुको थामेबाट १४ वटा शिखरहरू चुम्ने पहिलो आरोही बन्न सफल पासाङ टेन्डी शेर्पा, विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु सफलतापूर्वक आरोहण गर्न सफल मिङ तेम्बा शेर्पासहित ९ जना नेपाली पर्वतारोहीहरुलाई स्वागत गरिएको हो।
उनीहरूको स्वागतका लागि नेपाल नेशनल माउन्टेन गाइड एशोसियशन, मगर संघ, गुरूङ संघ, शेर्पा टुरिजम् इन्टरप्रेनियर्स एशोसियशन अफ नेपाल, सेभेन समिट ट्रेक्स लगायत विभिन्न संघ संस्थाबाट मानिसहरू विमानस्थलमा उपस्थित भएका थिए।
कीर्तिमानी आरोहीहरूको स्वागतमा विमानस्थल परिसरमा विभिन्न समुदायका मानिसहरू आफ्नो पहिचान झल्किने भेषभुषामा उपस्थित भएका थिए। उनीहरू बाजागाजासहितको टोलीसहित विमानस्थलमा पुगेका थिए।
तस्बिरहरूः
-1728897005.jpg)
-1728897003.jpg)
-1728893373.jpeg)
-1728897003.jpg)
-1728897006.jpg)
-1728897001.jpg)
-1728897007.jpg)
-1728897007.jpg)
-1728897006.jpg)
-1728897001.jpg)
-1728897006.jpg)
-1728897006.jpg)
-1728897005.jpg)
-1728897002.jpg)
-1728897005.jpg)
-1728897001.jpg)
-1728897005.jpg)
-1728897004.jpg)
-1728897004.jpg)
-1728897004.jpg)
-1728897004.jpg)
-1728893371.jpeg)
-1728893371.jpeg)
-1728893371.jpeg)
-1728893371.jpeg)