ललितपुर, जाउलाखेलको केन्द्रीय चिडियाखानामा करिब एक सयभन्दा बढी प्रजातिका ११ सयभन्दा बढी वन्यजन्तु छन्।
चिडियाखानाले अन्य देशका चिडियाखानासँग पशुपन्छी आदानप्रदान कार्यक्रम चलाएर वनमान्छे, अस्ट्रिच, जलगैंडा र बाह्य प्रजातिका पन्छी ल्याएर पनि प्रदर्शनमा राखेको छ।
त्यस्तै सयभन्दा बढी घाइते, समस्याग्रस्त, अनाथ र चोरी सिकारीमा परेका जीवजन्तु उद्धार गरेको छ।
दैनिक सयौं मान्छे यहाँ खोरभित्रका थुनिएका विभिन्न जनावर र उनीहरूका गतिविधि नियाल्न आउँछन्। यी जनावरका क्रियाकलाप हेरेर मनोरञ्जन लिनेहरूमा केटाकेटीदेखि पाका उमेरसम्मका हुन्छन्।
यो चिडियाखानाको १९८९ सालमा तत्कालीन राणा प्राधानमन्त्री जुद्ध शमशेरले निजी प्रयोजनका लागि स्थापना गरेका थिए। २००७ सालपछि यसको स्वामित्व सरकारले लिएको थियो।
हेर्नुहोस् चिडियाखानामा भएका केही पशुपंक्षीका तस्बिरहरूः

-1715098422.jpg)





-1715098417.jpg)
-1715098417.jpg)

-1715098419.jpg)
-1715098421.jpg)